डेलको ल्यापटप र भिभो मोबाइल घरभित्र बाटै चोरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डेलको ल्यापटप र भिभो मोबाइल घरभित्र बाटै चोरी


२६ जेष्ठ २०७८, बुधबार


पर्सा । वीरगञ्ज महानगरपालिका –११ बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप र मोबाइल लगायतका धनमाल चोरी भएका छन् । प्रहरीले चोरीको आरोपमा जगरनाथपुर बस्ने १९ वर्षीय मुन्ना कुमार रामलाई पक्राउ गरेको छ ।

मुन्ना कुमार रामले रौनियारको घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल लगायतका धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मुन्ना कुमारको सुत्ने कोठाबाट डेलको ल्यापटप र भिभो मोबाइलसहित मुन्नालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

पर्सा लगायतको जिल्लाहरूमा हाल चोरीका घटनाहरू बढिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस