तरकारी किन्दा घाँटीबाटै सुनको सिक्री चोरी, दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तरकारी किन्दा घाँटीबाटै सुनको सिक्री चोरी, दुई जना पक्राउ


२६ जेष्ठ २०७८, बुधबार


पर्सा । वीरगञ्ज महानगरपालिका –११ बस्ने ४५ वर्षीय शकुन्तला मेहताको घण्टाघरस्थित तरकारी बजारमा किनमेल गरिरहेको अवस्थामा घाँटीमा लगाएको सुनको सिक्री चोरी भयो । मेहताले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरीले सिक्री लुट्ने दुई जनालाई सिक्रीसहित नियन्त्रणमा लियो ।

वीरगञ्ज महानगरपालिका –१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने सोही उमेरका युवराज रायलाई घण्टाघरको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिन सफल भयाे ।

नियन्त्रणमा लिएका दुवै जनालगायतको समूह नै विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा सुनका सिक्रीलगायत गरगहना लुट्ने घटनामा संलग्न भएको खुलेको छ । उनीहरूलाई प्रहरीले चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । साथै उनीहरूको समूहमा रहेका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस