कर्मचारी बढुवा सिफारिस नामावली संशोधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी बढुवा सिफारिस नामावली संशोधन


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि सिफारिस गरिएका २९ कर्मचारीको योग्यताक्रम संशोधन गरेको छ । गत वैशाख २० गते गोरखापत्रमा प्रकाशित बढुवा नामावलीको योग्यताक्रम संशोधन गरेको हो ।

सम्बन्धित समाचार : सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस

उक्त नामावलीउपर उजुरी परी उजुरी सुन्ने अधिकारीको जेठ २५ गतेको निर्णयबाट उक्त नामावलीको योग्यताक्रम संशोधन गरिएको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ ।

ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २८ जना र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको थियो ।

संशोधित नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस