पदपूर्तिका लागि विवरण पठाउन लोक सेवा आयोगको अनुरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पदपूर्तिका लागि विवरण पठाउन लोक सेवा आयोगको अनुरोध


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले आगामी आर्थिक वर्ष २०७८/०७९ मा पदपूर्ति गर्नुपर्ने सङ्गठित संस्थाहरूलाई पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण र समय तालिका पठाउन अनुरोध गरेको छ । सङ्गठित संस्थाहरूको पदपूर्ति कार्यक्रम आयोगको वार्षिक कार्यतालिकामा समावेश गर्न भन्दै असार १५ गते भित्र सुरक्षा निकाय तथा सङ्गठित महाशाखामा आइपुग्ने गरी विवरण भरी पठाउन आयोगले आग्रह गरेको हो ।

उक्त मितिभित्र विवरण उपलब्ध नभएमा सङ्गठित संस्थाहरूको पदपूर्ति कार्यक्रमआयोगको वार्षिक कार्यतालिकामा समावेश गर्न असहज हुने आयोगले जनाएको छ ।

उक्त विवरण  [email protected] वा [email protected] इमेलमार्फत पठाउन सकिने छ । विवरण पठाउँदा कार्यतालिकामा समावेश गर्ने प्रयोजनको लागि भएकाले पदपूर्तिको लागि तोकिएको समयावधिमा प्रतिशत निर्धारणसहितको विस्तृत विवरण पठाउन भनिएको छ ।

पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउने फारामको ढाँचा आयोगको वेबसाइट www.psc.gov.np मा राखिएको छ ।

नेपालको संविधानको धारा २४३ को उपधारा २ बमोजिम सङ्गठित संस्थाका रिक्त पदमा पदपूर्तिको लागि आयोगबाट लिखित परीक्षाहरू सञ्चालन हुँदै आइरहेका छन् ।

सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम सम्बद्ध निकायका कर्मचारीको सेवा सर्त सम्बन्धी नियम, विनियमहरू परिमार्जन गर्न सबै सङ्गठित संस्थालाई यस पूर्व नै सूचित गरेको आयोगले जानकारी दिएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस