यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम(पुर्णपाठ) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम(पुर्णपाठ)


२५ जेष्ठ २०७८, मंगलबार


रूपन्देही । स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

कोराना महामारीका कारण थला परेको अर्थतन्त्रलाई चलाएमान बनाउन र नागरिकको जीवनस्तर उठाउने गरी नीति तथा कार्यक्रमले धेरै विषयवस्तु समेटेको यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस