मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ


२५ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै कानून व्यवसायी अदालत पुगेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस