सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी, पक्ष/विपक्षमा मतदान हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी, पक्ष/विपक्षमा मतदान हुँदै


प्रशासन संवाददाता

२५ जेष्ठ २०७८, मंगलबार


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक चलिरहेको छ । बठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत दिन प्रस्ताव गरेका छन् । विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुँदै छ । नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने निर्णय गरेको छ । सरकार जोगिन आवश्यक पर्ने मत संख्या नपुगेमात्र मत दिने कांग्रेसले निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत नदिने निर्णय गरेको छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस