सुदूरपश्चिमको नयाँ बजेट कारोना असरलाई उठाउन केन्द्रित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमको नयाँ बजेट कारोना असरलाई उठाउन केन्द्रित


२४ जेष्ठ २०७८, सोमबार


सुदूरपश्चिम । कोभिड-१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पुर्‍याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिए ।

उनले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताए ।

‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’ उनले भने,‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’

बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हाल दिनुभएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गरे । प्रदेशसभाको दोस्रो बैठकमा आव २०७८/०७९ को पूर्व बजेट माथि छलफल शुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस