नेपाली जनतालाई कोरोना कहरबाट मुक्त गर्ने मेरो पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री तामाङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली जनतालाई कोरोना कहरबाट मुक्त गर्ने मेरो पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री तामाङ


२४ जेष्ठ २०७८, सोमबार


शेरबहादुर तामाङ

काठमाडौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपाली जनतालाई कोरोना कहरबाट मुक्त गर्ने पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका हुन् ।

उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको र कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस