निर्माण कार्यमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक व्यापक परिचालनको खाँचो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्माण कार्यमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक व्यापक परिचालनको खाँचो


२४ जेष्ठ २०७८, सोमबार


नेपालमा विकास निर्माणका कामहरूले गति लिएसँगै देश विकास र निर्माणमा प्रमुख मेरुदण्डकोरुपमा रहको मध्यमस्तरीय इन्जिनियरिङ प्राविधिक माग पनि बढिरहेको छ । देशमा पर्याप्त मध्यमस्तर इन्जिनियरिङ प्राविधिक उत्पादन भए तापनि निर्माण कार्य क्षेत्रमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक भने अभाव कायमै रहेको छ ।

नेपालको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक शिक्षा प्रणाली कमजोर भएकाले यो अवस्था सृजना भएको हो । नेपालको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक शिक्षा प्रणाली कमजोर हुनुको पछाडि यावत् कारणहरू छन् । समय सापेक्ष पाठ्यक्रम नहुनु, बजारको मागअनुसारको दक्षता प्रदान गर्न नसक्नु, परीक्षामुखी पढाइ हुनु आदिले यो क्षेत्र पछि परेको छ । विद्यार्थीको आवश्यकता अनुसारको प्रयोगशाला नहुनु र उपकरण अभावले पनि शिक्षाको गुणस्तरमा प्रभाव पारेको छ ।

विभिन्न विदेशी मध्यमस्तर इन्जिनियरिङ प्राविधिक अनुकरण गरेर बनाइएको पाठ्यक्रम माटो सुहाउँदो हुन सकेको छैन । धेरैजसो किताब । जसले गर्दा नेपालको निर्माण सम्बन्धी नीति नियमको जानकारी नै न्यून हुने गरेको छ । निर्माण सामाग्रीको उपलब्धता तथा देशको कर प्रणालीबारे पनि सुरुमा जानकारी विहीन हुनुपर्ने अवस्था छ । यसले गर्दा कामका क्रममा अन्य पक्षको दबाब र मिचाइ झेल्नुपरेको छ ।

त्यस्तै, कामको क्रममा आइपर्ने कानुनी प्रावधानहरुबारे पनि सिकाइ हुनु जरुरी छ । किन कि मध्यमस्तर इन्जिनियरिङ प्राविधिक कामको क्रममा विविध कानुनी प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । शैक्षिक प्रणालीमै यसबारे सामान्य जानकारी भएको खण्डमा नवप्रवेशीहरुलाई सहज हुने थियो ।

नेपालमा अहिलेको वर्तमान अवस्थालाई सम्बोधन गर्ने किसिमको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक पाठ्यक्रम साथै कन्स्ट्रक्सन सेफ्टी जस्तो विषय अनिवार्य गरिनुपर्छ । सम्पूर्ण कामदार र कर्मचारीका लागि आवश्यक छ । तर, यहाँ यी कुराहरू सिकाइमा भन्दा पनि अनुभवमा केन्द्रित छन् । कार्यस्थलमा प्रयोग गरिने स्थानीय शब्दावली थाहा नहुनु, नाप तौलको लागि फरक इकाई प्रयोग हुनुजस्ता कुराले अनुभव नभएकाका लागि काम गर्न गाह्रो भएको छ । सामान्य प्रशासनिक नियम तथा बिलिङ प्रक्रिया नजान्दा अनावश्यक प्रशासनिक झमेलाको सिकार पनि बन्नु परेको छ।

त्यसैले, अहिलेको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक शिक्षा प्रणालीमा व्यापक रूपान्तरणको खाँचो छ । पढेका कुरा र कार्यस्थलमा चाहिने ज्ञानबीचको खाडल पुरिनु अत्यावश्यक छ । त्यसका लागि सम्बन्धित निकायले इन्टर्नसिपको व्यवस्था गर्नुपर्छ । अहिले चाहिने सफ्टवेयरहरूलाई पाठ्यक्रममा समावेश गरी अहिले बजारमा उपलब्ध नयाँ उपकरणसम्मको पहुँच पुर्‍याउन जरुरी देखिन्छ ।

मध्यमस्तर इन्जिनियरिङ प्राविधिक सामान्य कर प्रणाली पनि सिकाइयो भने ऊ आफू अनाहकमा फस्नु पर्दैन । नेपालमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक क्षेत्रमा स्टाफ कलेज छैन । त्यसैले, स्थानीय तहमा काम गर्दा आवश्यक पर्ने सामान्य मापदण्ड र फेस गर्नुपर्ने जटिलता र समाधानका विषयमा तालिम अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यस विषयमा सम्बन्धित निकायलाई झकझक्याउनु यो क्षेत्रमा काम गर्ने सबैको जिम्मेवारी हो ।

अहिलेको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक एक योजना एक प्रविधि परिचालन गरी निर्माण कार्यमा व्यापक रूपान्तरण गरी देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउन हाम्रो प्राविधिकहरूको अहम् जिम्मेवारी थपिन गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस