माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड पुगे देउवा निवास « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड पुगे देउवा निवास


प्रशासन संवाददाता

२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेता माधवकुमार नेपालसँगको छलफल सकेर काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठ पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै आइतबार राति छलफल गरेका प्रचण्ड र नेपालबिच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।

आफ्नै समूहभित्र दबाबमा रहेका नेपालको प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस