कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ।

विभागले आइतबार विज्ञप्ति जारी गर्दै कोभिशिल्डको दोस्रो डोजका लागि तोकिएको मितिमा दिन नसकिएपछि १२ हप्तापछि एस्ट्राजेनेका खोप पनि खोप लगाउने व्यवस्था मिलाइने जनाएको छ। त्यो पनि नेपाललाई प्राप्त भएपछि मात्र भनेको छ ।

सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएकोमा प्राप्त नभएको विभागको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस