प्रचण्ड र माधव नेपालबिच वार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्ड र माधव नेपालबिच वार्ता


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपाल कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफलमा रहेको उनी निकट एक नेताले बताएका छन् ।

ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका माधव नेपालले गहन छलफल पछि मात्रै निर्णय लिने बताएका छन् ।

ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गर्दै माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने जनाएका छन् ।

ओलीको प्रस्ताव लगत्तै आइतबार राति पनि प्रचण्डसँग छलफल गरेका नेपालले आज पनि आफूनिकट नेताहरूको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् ।

प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस