ओलीको प्रस्तावबारे छलफल गर्न खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन्।

सोमबार उनीहरू भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन्।

ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल–नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक भन्दै प्रतिक्रिया दिएका थिए भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन्।

नेता घनश्याम भुसालले छलफल गरेपछि मात्रै सामूहिक रूपमा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस