दुर्व्यवहारको आरोपपछि युएई दूतावासका कर्मचारी फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुर्व्यवहारको आरोपपछि युएई दूतावासका कर्मचारी फिर्ता


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स(युएई) को आबुधाबीस्थित नेपाली दूतावासमा कार्यरत तृतीय सचिव राम विनय रेलाई फिर्ता बोलाइएको छ ।

दूतावासमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार गर्नुका साथै सेवा प्रवाहमा लापरबाही गरेको भन्दै परराष्ट्र मन्त्रालयले रेलाई फिर्ता बोलाएको हो । २०७६ असोज १ देखि रे दूतावासको जिम्मेवारी सम्हालिरहेका थिए ।

आफूहरूमाथि अपमानजनक र यौन दुर्व्यवहार गरेको भन्दै महिलाहरूले रेविरुद्ध लगातार दूतावासमा उजुरी पठाएका थिए । दूतावासले छानबिन समिति नै बनाएर परराष्ट्रलाई प्रतिवेदन पठाएको थियो । रेले निजामती सेवा ऐन, निजामती कर्मचारीको आचरण, परराष्ट्र सेवासम्बन्धी नियम र कूटनीतिक आचारसंहिता विपरीत कार्य गरेकाले कारबाही गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

माग पत्र प्रमाणीकरणको जिम्मेवारी दिइएका समयमा पनि रेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस