अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा, २ लाख ७६ हजार कर्मचारी लाभान्वित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा, २ लाख ७६ हजार कर्मचारी लाभान्वित


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बिच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले शुभारम्भ गरेको यस प्रणालीबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने जनाएको छ ।

यस प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठुलो सहयोग पुग्ने महालेखा नियन्त्रक मरासिनीको भनाई छ । ‘यस प्रणालीले पारदर्शिता कायम हुनुका साथै लागत प्रभावकारीमासमेत सघाउ पुर्‍याउने छ’ नियन्त्रक मरासिनीले भने ।

साथै कार्य प्रक्रियामा सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवासमेत प्राप्त हुने मरासिनीको भनाई छ ।

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठुलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकोले सरकारको नगद प्रवाह व्यवस्थापनसमेत प्रभावकारिता बढ्ने कार्यालयको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस