प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सोमबारका लागि ‘हेर्दाहेर्दै’मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सोमबारका लागि ‘हेर्दाहेर्दै’मा


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलीका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

संवैधानिक इजलासको आजको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस भयो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने जानकारी दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आउन सकेन् । आज पनि बहस  मूल मुद्दामा प्रवेश नगरी सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस