नेविसंघ महामन्त्री भट्टराईसहित ९ नेता पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेविसंघ महामन्त्री भट्टराईसहित ९ नेता पक्राउ


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का ९ जना नेता पक्राउ परेका छन् ।

सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै त्यस विरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई गोङ्गबु चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् । प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस