संवैधानिक इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग


२३ जेष्ठ २०७८, आइतबार


High Court_Sarbocha adalat

काठमाडौँ । संसद् विघटनको मुद्दामा सरकारी पक्षले संवैधानिक इजलासबाट न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई हटाउन माग गरिएको छ । आइतबार वरिष्ठताका आधारमा गठन गरिएको इजलासमा महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशहरू कार्की र भट्टराई हट्नुपर्ने माग गरेका हुन् । उनले आफूलाई दुईजना न्यायाधीशमाथि आशङ्का रहेको भन्दै इजलासबाट हटिदिन आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीशले आज गठन गरेको संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाए। इजलासमा सुनुवाइ सुरु हुने बित्तिकै उनले प्रश्न गरे, ‘ई जना न्यायाधीशलाई किन हटाइयो ?आफैँ छाडेका दुई जनालाई किन फेरि राखियो ?’

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिट निवेदनमाथिको सुनुवाइ गर्न गठित इजलासप्रति पुनः प्रश्न उठेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् ।

वरिष्ठताका आधारमा न्यायाधीश हरिकृष्ण कार्की तेस्रो स्थानमा पर्ने भए पनि अघिल्लो ओली सरकारका पालामा महान्यायाधिवक्ता भएका विषयमा प्रश्न उठेपछि उनी इजलासमा बसेका छैनन् । त्यसपछिका वरिष्ठता क्रमका आधारमा इजलास गठन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस