कोषमा आवद्ध कर्मचारीको पारिश्रमिक घट्ने हल्ला भ्रामक हो : सामाजिक सुरक्षा कोष « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोषमा आवद्ध कर्मचारीको पारिश्रमिक घट्ने हल्ला भ्रामक हो : सामाजिक सुरक्षा कोष


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिक तथा कर्मचारीको खाइपाइ आएको पारिश्रमिक घट्ने भन्ने हल्ला फैलिएपछि कोषले आपत्ति जनाएको छ । कोषले भ्रामक कुरा बाहिर आएको भन्दै निराधार र तथ्यहीन टीकाटिप्पणी गरेर कोषमा सूचीकृत भएका र हुने तयारी गरेकालाई त्रसित बनाउने काम भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

विज्ञप्तिमार्फत कोषले श्रमिकले खाइपाइ आएको सेवासुविधा कटौती नहुने भन्दै भ्रामक समाचार र गलत टीकाटिप्पणीका पछाडि नलाग्न आमसेवाग्राहीलाई आग्रह गरेको छ ।

श्रम ऐनमा भएको व्यवस्थाअनुसार आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), न्यूनतम एक वर्ष काम गरेबापत एक महिनाको उपदान, पाउने र श्रमिकको एक लाख बराबरको औषधोपचार, दुर्घटना बीमाका लागि बीमा शुल्कबापतको रकम मात्रै सामाजिक सुरक्षा कोषमा आउने कोषले स्पष्ट पारेको छ ।

सूचना

Tags :
प्रतिक्रिया दिनुहोस