श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना


२३ जेष्ठ २०७८, आइतबार


कोलम्बो । श्रीलंकामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ ।

श्रीलंकालको मौसम विभागले नागरिकहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ । शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ ।

श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएका छन् । शनिबार बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन् । हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुगेको छ ।

यहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस