उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम


२२ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने भएको बताएका छन् ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि शुक्रबार महतोले आफ्नो बहु राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानकारी लागि सरकारमा सहभागी भएको बताएका थिए ।

उपप्रधानमन्त्री महतोको उक्त अभिव्यक्तिको नेता गौतमले विरोध गरेका छन् । गौतमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत महतोको योजना नेपाललाई विभाजन गर्ने रहेको उल्लेख गरेका छन् ।

‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन्, ‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस