नागरिकता नभए पनि खोप लगाउन पाइन्छ : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नागरिकता नभए पनि खोप लगाउन पाइन्छ : स्वास्थ्य मन्त्रालय


प्रशासन संवाददाता

२२ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकता नभए पनि कोरोना विरुद्धको खोप लगाउन पाइने बताएको छ । चीनले अनुदानमा दिएको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई जेठ २५ गतेदेखि लगाइने भएकोमा आफ्नो उमेर खुल्ने कागजात भएमा सजिलै खोप लगाउन पाइने मन्त्रालयले दिएको हो ।

नागरिकता नभई खोप लगाउन पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा आएपछि मन्त्रालयले नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो ।

‘नागरिकता नभएकाहरूका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ, त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् । र, वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ’ मन्त्रालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस