प्रदीप ज्ञवालीको सम्पत्ति विवरण सार्वजनिक, पार्टीलाई ९ लाख ३४ हजार लेबी, ७ लाख ४१ हजार बचत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदीप ज्ञवालीको सम्पत्ति विवरण सार्वजनिक, पार्टीलाई ९ लाख ३४ हजार लेबी, ७ लाख ४१ हजार बचत


प्रशासन संवाददाता

२२ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌।

सरकारबाट बाहिरिए लगत्तै ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब–भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्‌।

​उनले मन्त्रीकालमा विदेश भ्रमण बापतको लेवी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टीको खातामा जम्मा गरिएको उल्लेख गरेका छन्‌। ​साथै, कर बापतको ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैङ्क खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गरेका छन्‌।

 

​उनले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गरेका छन्‌। ज्ञवालीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन र ल्यापटप शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरिसकेको र आज बिहानै पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी रहेको पनि जानकारी दिएका छन्‌।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने ज्ञवाली हाल एमाले प्रवक्ताको जिम्मेवारीमा छन्‌। हाल परराष्ट्रमन्त्रीमा रघुवीर महासेठलाई नियुक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस