पूर्व कुस्ती प्रशिक्षक एवं महासचिव विद्या गुरुको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व कुस्ती प्रशिक्षक एवं महासचिव विद्या गुरुको निधन


प्रशासन संवाददाता

२२ जेष्ठ २०७८, शनिबार


पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक विद्या सागर पोखरेलको शुक्रवार बिहान काठमाण्डौमा निधन भएको छ ।

पोखरेलको हृदयाघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए ।

बिहान खाना खाइरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केही समयमानै उनको निधन भएको पारिवारिक श्रोतबाट जानकारी भएको छ ।

फुटबलका खेलाडीको रूपमा खेल जीवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात् राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए । उनी उमेर हदका कारण परिषदबाट सेवा निवृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरू उत्पादन भएका थिए । उनले १९३३ का बङ्गलादेशको ढाकाबाट अन्तर्राष्ट्रिय निर्णायकको परीक्षा उत्तीर्ण गरेका थिए । पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ वर्ष देखि कुस्ती सङ्घको महासचिवका हैसियतले कार्य गर्दै आइरहेका थिए ।

२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभूषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस