उपप्रधान तथा अर्थमन्त्री पौडेलले पनि गरे पद बहाली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपप्रधान तथा अर्थमन्त्री पौडेलले पनि गरे पद बहाली


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद बहाली गरेका छन् ।

पद बहालीका क्रममा पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी पहिलो निर्णय गरेका छन् ।

अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताएका हुन् ।

उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस