नवनियुक्त परराष्ट्रमन्त्री महासेठले राति नै गरे पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त परराष्ट्रमन्त्री महासेठले राति नै गरे पदभार ग्रहण


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रवार राति नै पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । राति ९ बजेसम्म कार्यालयमै कुरेर बसेका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्।

आज पुनर्गठन भएको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट आठ मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस