माधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमाले माधव–झलनाथ समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रवार सकिएसँगै केन्द्रीय कमिटीमा उठेका विषयहरूलाई अन्तिम रूप दिनका लागि शनिवार बैठक बोलाइएका हो ।

बैठकले केपी ओलीसँग सम्झौताहीन सङ्घर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरूको धारणा मागिएको र यसलाई शनिवार स्थायी कमिटीले अन्तिम रूप दिने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस