ट्रयाक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रयाक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते


२१ जेष्ठ २०७८, शुक्रबार


लमजुङ । जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्रयाक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्रयाक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन् । उनीहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्रयाक्टर  अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो ।

छोराको हातमा चोट लागेको छ । शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस