चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गरेको छ ।

यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको हो।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको बताए ।

मन्त्री गुरुङले भने–‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको समृद्धि नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदै छौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’ यसअघि नेपाल टेलिभिजनको नाराका रूपमा विकासका लागि सञ्चार रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस