प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

थापाले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भैसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस