प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्ने इजलासमा ११ न्यायाधीश नराख्‍न माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्ने इजलासमा ११ न्यायाधीश नराख्‍न माग


२१ जेष्ठ २०७८, शुक्रबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजालसमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ ।

११ जना न्यायाधीशको संसद विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न स्वार्थ बाझिने भन्दै निवेदन परेको हो । निवेदन परे पनि दर्ता हुन भने बाँकी नै छ ।

निवेदनमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नराख्न माग रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस