फेवातालका डुङ्गा चालकलाई राहत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फेवातालका डुङ्गा चालकलाई राहत


२१ जेष्ठ २०७८, शुक्रबार


पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकडुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ ।

कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकहरुलाई राहत वितरण गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘लामो समय भयो, निषेधाज्ञा छ ,काम गरेर विहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौ ।’

बरालका अनुसार डुङ्गा व्यवसायी समितिको समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिए ।

आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरीएको जानकारी दिए ।

राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा समस्या भइरहेको समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दैनिकी चलाउने दिनको पर्खाइमा रहेको बताए । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सातसय ७५ जति डुङ्गा चालक रहेका छन् । ती मध्ये चारसयले आफ्नै डुङ्गा चलाउँछन् भने बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस