एकै दिन १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकै दिन १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) एकैदिन १५ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस