सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै


२१ जेष्ठ २०७८, शुक्रबार


high court

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज (शुक्रबार) बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फूल कोर्ट’ बोलाएका हुन्।

जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो ।

‘बैठकमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्ने तथा आवश्यक ठानेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस