प्रधानन्यायाधीश जबराद्वारा सर्वोच्चको पूर्ण बैठक आव्हान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश जबराद्वारा सर्वोच्चको पूर्ण बैठक आव्हान


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक‘फुल कोर्ट’ बोलाएका छन् ।

सर्वोच्च अदालतले शुक्रवारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको हो । जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो ।

‘बैठकमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्ने तथा आवश्यक ठानेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् । सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिवर्तन गरेर जाने सहमति जुटेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस