भारतले तत्काल कोरोनाविरुद्धको खोप निर्यात नगर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतले तत्काल कोरोनाविरुद्धको खोप निर्यात नगर्ने


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ। भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले तत्काल भारतले कोरोना खोप निर्यात नगर्ने जनाएका हुन् ।

नेपाल, बङ्गलादेश लगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले अहिले भारतको ध्यान विदेशबाट भारत खोप ल्याउने रहेको बताएका छन् ।

प्रवक्ता वाग्चीले भारतले उत्पादन गरेको खोप आन्तरिक खोप अभियानका लागि नै प्रयोग हुनेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस