राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन पेश


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस