पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई नेपाल समूह निकट जनसंगठनको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई नेपाल समूह निकट जनसंगठनको आग्रह


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बिहीबार (आज) १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता ओलीले गरेका निर्णय सच्याउनसमेत माग गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस