सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि


२० जेष्ठ २०७८, बिहिबार


कैलाली । कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६७ नमुनाको परीक्षण गर्दा ५६ जना कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

हालसम्म सो अस्पतालमा दोस्रो लहरको कोरोना संक्रमणबाट निको बिरामी संख्या ९ सय १६ छन् भने उपचाररत बिरामी ५२ रहेको उनले बताए । यसैगरी पछिल्लो २४ घण्टामा नयाँ बिरामी भर्ना १० जना रहेको अस्पतालले जनाएको छ । यस्तै हालसम्म अस्पतालमा १ सय ६९ जनाको मृत्यु ​ भएको छ ।

अस्पतालका अनुसार हाल सम्म १ लाख १ हजार ९ सय ५५ जनामा पिसिआर परिक्षण गर्दा १८ हजार १५ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ भने ८३ हजार ९ सय ४० जना नेगेटिभ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस