जेठ ३१ गतेसम्म रुपन्देहीमा थप निषेधाज्ञा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जेठ ३१ गतेसम्म रुपन्देहीमा थप निषेधाज्ञा


२० जेष्ठ २०७८, बिहिबार


बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसपटकको निषेधाज्ञामा खाद्यान्न पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको छ ।

यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस