भक्तपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भक्तपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । कोरियाली स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताललाई पाँच लाखभन्दा बढीका स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण गरेको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थितिमा कोइकाका विश्व निर्देशक बुङचिओल किमले अस्पतालका प्रशासन अधिकारीलाई हालै एक थान अक्सिजन कन्सन्ट्रेटर, २३० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), १० हजार थान शिरकवच, ८४ बाकस पञ्जा र पाँच हजार थान मास्क हस्तान्तरण गरेको यहाँस्थित कोइकाको कार्यालयले आज जनाएको छ ।

गणतन्त्र कोरियाले सन् १९९१ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना तथा सञ्चार प्रविधि र पर्यटन विकासमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस