खनाल–नेपाल समूहको बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खनाल–नेपाल समूहको बैठक जारी


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। कोरोना महामारीका कारण बैठक अहिले भर्चुअलरुपमा बसिरहेको एक नेताले जानकारी दिए ।

एमाले आज विज्ञप्ति जारी गर्दै कानुन र विधानविपरीतका बैठकमा सहभागी नहुन निर्देशन दिएको थियो ।

आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् ।

उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस