पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनु : एमाले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनु : एमाले


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीबाट कारबाहीमा परेका व्यक्तिले पार्टीको विधानविपरित बैठक बोलाएको भन्दै त्यस्ता बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ ।

बिहीबार एमालेका सचिव शेरबहादुर तामाङले निर्देशन जारी गर्दै अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने (एमाले)को वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको सुन्नमा आएको भन्दै त्यस्ता बैठकमा सहभागी नहुन केन्द्रीय कमिटीका सदस्यहरूलाई सूचित गरेका छन् ।

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवम् भर्त्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु,’ उनले भनेका छन् ।

नेपाल–खनालसमूहले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस