स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने एक पक्राउ


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् ।

वीरगन्ज नगर क्षेत्रमा रहेका विभिन्न अस्पताल,मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि फेसबुक मेसेनजर तथा फेसबुक पेजबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई चरित्र हत्या गर्ने धम्क्याउनेलगायत कानुनविपरित क्रियाकलाप गर्ने सौरभ साहलाई प्रहरीले पक्राउ गरेको हो ।

आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता भनी वाईओबी नामको फेसबुक ग्रुप पेजसमेत चलाउने गरेका २४ वर्षीय साहलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस