नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गर्ने नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गर्ने नियन्त्रणमा


२० जेष्ठ २०७८, बिहिबार


बाँके । बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

राजस्व सङ्कलनमा वृद्धि
बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो । गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो ।

नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो । यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तराष्ट्रिय ठूलो व्यापारिक केन्द भन्सार मानिन्छ । कोरोना महामारीको प्रतिकूल समयमा पनि भन्सार चुहावट हुन नदिइ सङ्कलन गराइएको भण्डारीले बताए।

भन्सारबाट निर्यातभन्दा आयात बढी हुने गर्छ । नेपालबाट निर्यात हुनेमा जंगली जडिबुटीहरु, सुगन्धित जडिबुटीका तेलहरु मात्रै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस