सेनाकी एक जवानले गरिन् सुत्केरीको जीवन रक्षा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेनाकी एक जवानले गरिन् सुत्केरीको जीवन रक्षा


१९ जेष्ठ २०७८, बुधबार


नेपाली सेना

धनुषा । कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक सुत्केरीको जीवन रक्षा गरेकी छन् ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ रहेकी थिइन् ।

रगत नपाएर निराश भएको अवस्थामा सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ती महिलाको ज्यान जोगाएकी हुन्। समयमा सुत्केरीलाई रगत उपलब्ध नभएको भए ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रशंसा गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस