नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय


१९ जेष्ठ २०७८, बुधबार


रुपन्देही । लुम्बिनी प्रदेशसभा नेकपा (एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ ।

प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।  बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस