२४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जना कोरोनामुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जना कोरोनामुक्त


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार २१९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो क्रममा रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट आज बुधबार १०१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ

हाल देशभर १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस