जेठ ३० गतेसम्म पर्सामा निषेधाज्ञा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जेठ ३० गतेसम्म पर्सामा निषेधाज्ञा जारी


१९ जेष्ठ २०७८, बुधबार


वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिन सिफारिस गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

कोरोना संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरिएको समितिको निर्णयमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस